बैतडी : बैतडीको पाटनमा करेन्ट लागेर एक पशुको मृत्यु भएको छ ।
शुक्रबार पाटन नगरपालिका वडा नम्बर ६ मुख्य सडक किनार चुचाई मोडमा पोल र नजिकैको तारमा प्रवाह भएको करेन्ट लागेर एक गोरुको मृत्यु भएको स्थानीय व्यापारी अर्जुन महरा बताए ।
गोरु मरेको जानकारी बिद्युत कार्यालय पाटनलाई आएपछि कार्यालयबाट कर्मचारी खटाएर करेन्ट प्रवाह नहुने बनाएको शाखा प्रमुख हरिसिह भण्डारीले बताए ।
केही दिन अगाडीबाटै करेन्ट आइरहेको जानकारी विद्युत प्राधिकरण शाखा कार्यालय पाटनलाई गराएता पनि कुनै प्रतिक्रीया नदिदाँ शुक्रबार गोरु मरेको स्थानीयको आरोप छ ।