भारतमा कार दु*र्घटना हुंदा ६ जना नेपालीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सावन २१ भारतमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ।

Dadeldhura Hospital

शनिबार नेपाली समयअनुसार साँझ साढे ६ बजे भारतको उत्तर प्रदेश राज्यस्थित श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगन्ज द्दर भएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा नेपालगन्जका व्यापारी दुई परिवारका गरी ६ जनाको मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्रिभुवन चोकस्थित ‘एसकुमार वाच’का सञ्चालक घडी व्यवसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरीको मृत्यु भएको छ। यस्तै गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको मृत्यु भएको नेपालगन्जका प्रहरी नायब निरीक्षक नारायण डाँगीले जानकारी दिए।

कारका चालक सख्त घाइते छन्। भारतबाट नेपालगन्ज फर्किदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो। उत्तर प्रदेशको सञ्चारमाध्यमले कार रुखमा ठोक्किएर दुर्घटना भएको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.