parwat hotel
Citizan

आज १२ बजेदेखि ६ बजे साझ सम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने

bhageswar small
alital janahit
lali

धनगढीः आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने भएको छ। गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।

गत सोमवार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएको थियो। करिब ५ सय मिटर सडक भासिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाको तराईका जिल्लासँगको यातायात सम्पर्क टुटेको थियो। धेरै प्रयासपछी सोमवार मात्रै एकतर्फी सडक खुलाइएको थियो।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.