आज १२ बजेदेखि ६ बजे साझ सम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म भीमदत्त राजमार्ग अवरुद्ध हुने भएको छ। गत साता पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्गको बुडितोला सडकखण्ड मर्मतको लागि आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।

गत सोमवार राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोला क्षेत्रमा पहिरोले सडक भासिएको थियो। करिब ५ सय मिटर सडक भासिएपछि सुदूरपश्चिमका पहाडी जिल्लाको तराईका जिल्लासँगको यातायात सम्पर्क टुटेको थियो। धेरै प्रयासपछी सोमवार मात्रै एकतर्फी सडक खुलाइएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.