झाडीमा फेला परेको शिशुको उद्धार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बाजुरा : झाडीमा फेला परेको शिशुको त्रिवेणी नगरपालिकाले उद्धार गरेको छ। बाजुराको त्रिवेणी नगरपालिका– ४ तोलीमा सोमबार बिहान एक बेवारिसे शिशु फेला परेको थियो ।

Dadeldhura Hospital

बेवारिसे शिशु फेला परेको नवजात शिशुलाई नगरप्रमुख कर्णबहादुर थापा र उपप्रमुख कमला जैसी न्यौपाने, वडा नम्बर ४ का अध्यक्ष गणेश साउदलगायतको टोलीले उद्धार गरेर उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगेको त्रिवेणी नगरपालिकाका नगरप्रमुख थापाले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भर्खरै जन्मिएको बच्चालाई झाडीमा फालिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार शिशुको टाउकोमा चोट लागेको छ। उनी बालक हुन्। बेवारिसे शिशु कसले फालेको हो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनको पहिचान खुल्न सकेको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.