अस्पतालले फिर्ता पठाएका उज्जलीले जन्माइन बाटोमै शिशु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बाजुराः बाजुराकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी छन्।
व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी सुनारको चिकित्सकले चेकअप गर्दा समस्या देखिएपछि घर फर्किने क्रममा बाटोमै बच्चा जन्माएकी हुन् ।
बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने वताए पछि आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याउने क्रममा बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले बताएकी छन्।

घर फर्किने क्रममा बाजुराको बुढीगंगा नगरपालिका–१० पानीभुवाको सडकमा बच्चा जन्माएको सार्कीले वताइन्। बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यक्रमी सार्कीले भेटाएकी थिइन्। अनमी सृजना सार्कीले वाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिइन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.