आलितालमा खोर नै रित्याउने गरि कुखुरा चोरी : व्यवसाय धरापमा

1228 file
shuvakamana

बैशाख ५ ,डडेल्धुरा: आलितालको भावर गाउँको एक घरमा कुखुरा चोरी भएको छ । पालिकाको भावर गाउँ बस्ने चन्द्र बहादुर वडको खोरबाट  २१ कुखुरा चोरी भएको हो । आइतबार राती करिव १० बजेको समयमा घर नजिकैको कुखुराको खोरबाट २१ कुखुरा चोरी भएको वडले जानकारी दिए ।उनले भने खोरमा २६ कुखुरा थिए ,जस मध्ये ११ कुखुरा चोरी भएको र १० कुखुरा मारेर खेतको किनारामा फालिएको अबस्थामा फेला पारेको सुनाए । युएन डि पि र आलिताल गाउँ पालिकाको आर्थिक सहयोग र सिड्स नेपालको सहजिकरणमा आर्थिक पुनरुत्थान कार्यक्रम अन्तर्गत बितरण भएको कुखुरा चोरि भएको हो । चोरी भए पछि निज वडले नजिकैको प्रहरी चौकीमा खोजी गरि पाउ भनी निबेदन समेत हालेका छन् । निवेदनमा करिव ३० हजार बराबरको क्षति भएको उल्लेख छ ।

चेतना सहकारी
सम्बन्धित समाचार
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.