डोटीको एक विद्यालयमा अज्ञात व्यक्तिद्धारा तोडफोड

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डोटीः डोटी जिल्लाको एक आधारभुत विद्यालयमा अज्ञात व्यक्तिले तोडफोड गरेका छन्।

Dadeldhura Hospital

जिल्लाको सायल गाउँपालिका –२ ग्वानीमा रहेको जनज्योेती आधारभूत विद्यालयमा विहीवार तोडफोड भएको हो। रातीको समयमा अज्ञात व्यक्तिले विद्यालयमा तोडफोड गरेको वडा अध्यक्ष मान बहादुर सिंहले बताए। विद्यालयको ताला तोडी कार्यालय भित्र रहेका विभिन्न कागजात समेत च्यातेर यत्रतत्र फालिएको सिंहले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

विद्यालयका केही सामग्री अज्ञात व्यक्तिले लगेर गएको र बाहिर सडकामा फालेका कागजात पानीले भिजेको अवस्थामा फेला पारेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष धन बहादुर सिंहले बताए। उक्त विद्यालयलाई गत असारमा सोहि वडामा रहेको भवानी माद्यामिक विद्यालयसँग मर्ज गरिएको थियो। विद्यालयको तोडफोड कस्ले गर्‍यो,,किन गर्‍यो, भन्ने कारण भने खुल्न सकेको छैन्। घटनाको बारेमा बुझ्न प्रहरी टोली विद्यालय क्षेत्रमा गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.