कैलालीमा एक किशोरमाथि सामूहिक कुटपिट

sc mahendra

धनगढीः कैलालीको लम्कीका एक किशोरमाथि सामूहिक कुटपिट भएको भिडिओ भाइरल भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ८ का १७ वर्षीय प्रविन शाहीलाई सोही ठाउँका किशोरहरुको एक समूहले कुटपिट गरेको भिडिओ भाइरल भएको हो।

भदौ १९ गते उनलाई किशोरहरूले जंगलमा लगेर कुटपिट गरेका हुन्। प्रविनले घर र साथीहरूसँग कुटपिट भएको बारेमा भनेका थिएनन्। तर, भिडिओ भाइरल भएपछि प्रविनका बुवा खडकबहादुरले इलाका प्रहरी लम्कीमा शुक्रवार उजुरी दिएका थिए। उनको उजुरीका आधारमा चार जना किशोर पक्राउ परेका छन्। उनीहरु नावालक भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन। उनीहरूको विरुद्धमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.