parwat hotel
Citizan

भारतले श्रीलंकालाई ४१ रनले पराजित गर्दै एसिया कपको फाइनलमा प्रवेश

bhageswar small
alital janahit

२७ भदौ, । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने पहिलो टोली बनेको हो ।

सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । अब भारतले बंगलादेशसँग खेल्न बाँकी छ । बंगलादेश लगातार दुई खेल हारेर यसअघि नै फाइनल होडबाट बाहिरिसकेको छ ।

glam &
Citizan

अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यी दुईको विजेताले फाइनलमा भारतसँग भेट पक्का गर्नेछन् ।

कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार बल अगाडि सबै विकेट गुमाएर २१३ रन बनाएको थियो ।

lali

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमै सबै विकेट गुमाएर १७२ बलमा अलआउट भयो ।

श्रीलंकाका लागि दुनिथ वेलालेजले अलराउण्ड प्रदर्शन गरेपनि जित दिलाउन सकेनन् । भारतलाई अलआउट गर्दा ५ विकेट र २ क्याच लिएका उनले ब्याटिङमा अविजित ४२ रन बनाए । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ४६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । तर अर्को छेउबाट विकेट जाँदा उनले टिमलाई जितसम्म पुर्‍याउन पाएनन् । यस्तै धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए ।

श्रीलंकालाई भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २ विकेट लिए ।

लगातार तेस्रो दिन खेलिरहेको भारतले त्यसअघि कप्तान रोहित शर्माको अर्धशतक मदतमा २१३ रन बनाएको थियो । उनले ४८ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए । पहिलो विकेटका लागि रोहितले शुभमन गिलसँग ८० रनको साझेदारी गरेका थिए । त्यसपछि श्रीलंकन बलरले उत्कृष्ट प्रदर्शन गर्दा भारतले ब्याटिङमा संघर्ष गरेको थियो ।

केएल राहुलले ३९, इशन किसनले ३३ र अक्षर पटेलले २६ रन बनाए । थिलले १९ रन जोडेका थिए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.