
असोज ११ जेल ब्रेकर योद्धा भनेर चिनिने नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ।

बडुवाल चर्चित सुर्खेत जेल ब्रेकर योद्धा भनेर चिनिन्थे उनको आज उपचारका क्रममा निधन भएको हो। कैलालीको लम्किचुहा नगरपालिका (२ चौरी निवासी बडुवाल माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला एक्कासी स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो।



त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनौं लैंजादै गर्दा उनको बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
