आलितालमा साढे तिन सय कुकुरलाई दिइयो नि:शुल्क रेबिज विरुद्धको खोप

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

आलिताल असोज ११ डडेल्धुराको आलिताल गाउंपालिकामा कुकुर बिरालालाई निशुल्क रेबिज विरुद्धको खोप लगाइएको छ।

१७ औं राष्ट्रिय रेबिज दिवसको अवसरमा कुकुर बिरालालाई निःशुल्क खोप लगाइएको हो। आलिताल गाउंपालिका पशुपछिं तथा मत्स्य बिकास शाखाको यस आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार १७ औं रेबिज दिवसको अवसरमा पालिका भित्रका घरपालुवा तथा छाडा कुकुरहरुलाई रेबिजको खोप निशुल्क लगाइएको शाखा प्रमुख डम्बर राज जोशीले बताए शाखाले एक सूचना नै जारी गरेर पालिका भित्रका विभिन्न स्थानमा शिविर नै राखेर रेजिज विरुद्धको खोप दिइएको थियो । एक हप्तामा आलितालका करिब ३ सय ३० वटा कुकुरलाई रेबिज विरुद्धको खोप दिइएको प्रमुख जोशीले जानकारी दिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.