डडेल्धुरामा जेसीज सप्ताह:गन्यापधुरामा निःशुल्क आँखा चेकजाँच

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः गन्यापधुरा गाउँपालिका–२ बडालस्थित गणेशपुर स्वास्थ्य चौकीमा आँखा जाँच तथा निःशुल्क औषधी वितरण गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डडेल्धुरा जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्र्तगत मंगलबार गणेशपुर स्वास्थ्य चौकीमा आँखा जाँच तथा निःशुल्क औषधी वितरण गरेको हो।

Dadeldhura Hospital

अन्नपूर्ण अप्टिकल, च्यारिटी हेल्थ फाउन्डेसनसँगको सहकार्यमा जेसीज डडेल्धुराले आँखा शिविरको आयोजना गरेको थियो।

एक दिने शिविरमा १२० जनाले आँखा जाँच गराउनुका साथै निःशुल्क औषधी प्राप्त गरेका छन्। २० जनाको आँखामा मोतिबिन्दु भरिएको पाइएकाले अप्रेसन गर्नुपर्ने देखिएको नेत्र सहायक लक्ष्मी डालामगरले जानकारी दिइन्।

गाउँकै स्वास्थ्य चौकीमा आँखा जाँच तथा निःशुल्क औषधी शिविरबाट आँखा जाँच गर्न पाएको गन्यापधुरा गाउँपालिका–२ का ७१ वर्षीय प्रताव नेपालीले खुसी व्यक्त गरे।

गाउँमै आँखा जाँचसँगै औषधी पाउदा खुसी भएको ८० वर्षीय हिरादेवी मल्लले बताइन्। ‘आँखा जाँच गर्दा मोतिबिन्दु भरिएको भन्ने थाहा पाए,’ उनले भनिन्, ‘अप्रेसन गरे आँखा खुल्छ भन्ने थाहा पाए। अब त्यही गर्छु।’

जेसीज डडेल्धुराले गन्यपधुरामा आँखा शिविर गरी उपचार गर्नु निकै सरहानिय काम भएको भन्दै गाउँपालिका अध्यक्ष ईन्द्रबहादुर कार्कीले केही समयमै शल्यक्रियासहितको शिविरको आयोजना गर्ने जानकारी दिए। जेसिज र नेपाल नेत्रज्योती संघसँगको समन्वय सहकार्यमा शिविरको आयोजना गर्ने उनले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.