

डडेल्धुरा : डडेल्धुरामा एक पुरुषको रूखबाट लडेर मृत्युु भएको छ।


मृत्यु हुनेमा जिल्लाको आलिताल गाउँपालिका-७ डाँडी बस्ने ४० वर्षीय कर्णबहादुर साउँद रहेका छन्।
साउँद आज बिहान घाँस काट्ने क्रममा रूखबाट लडेर घाइते भएका थिए।
उपचारका लागि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्युु भएको पारिवारिक स्रोतले जनाएको छ।



