डडेल्धुरामा जिप दुर्घटना, तीन जना घाइते

bhageswar small

डडेल्धुराः डडेल्धुराको आइतबजार नजिक जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बुधबार बेलुका जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।

ajayameru small
You might also like
Leave A Reply

Your email address will not be published.