Citizan

बाजुरामा जीप दुर्घटना हुंदा एकको घटनास्थलमै मृत्यु,एक घाइते

Chure
lali

बाजुरा । बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना भएको छ ।

दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए ।
उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् । जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.