भोलि सुदूरपश्चिम प्रदेशभरि सार्वजनिक बिदा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।

सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ। बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ।

पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझाङ्गीहरूले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन्।

सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ।

भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले यहाँ पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.