राष्ट्रिय सभाका ५१ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ।

निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार, निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो। सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

राष्ट्रिय सभा निर्वाचनका लागि आठ राजनीतिक दलका ५१ उम्मेदवार प्रतिस्पर्धामा छन्। कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उम्मेदवार छन्।

कर्णाली सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकतर्फ आठ र अन्य समूहतर्फ २० जनाले उम्मेदवार छन्।

राष्ट्रिय सभा निर्वाचनका लागि यहि पुस २३ गते उम्मेदवारी दर्ता गरिएको थियो। आउँदो माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुनेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.