धनगढी। कैलालीको धनगढी बसपार्कस्थीत एक घरको छतबाट लडेर वृद्धको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका-३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यू भएको हो।
घरको तिन तलाको छतबाट लडेर गम्भिर घाईते भएका माझीको उपचारको लागि सेती प्रादेशीक अस्पताल ल्याईएकोमा उपचारको क्रममा गएराति (बुधवार) २ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
