बाजुराः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष मैना जोशीको निधन भएको छ।
लामो समयदेखि बिरामी रहेकी जोशीको आज बिहान ४ बजे तिर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।
२०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्।