parwat hotel
Citizan

आलितालको जनज्योति विद्यालयमा किचलो,अध्यक्ष सहित चार जनाले दिए राजिनामा

bhageswar small
alital janahit

माघ ५

स्थानिय सरकारले समन्वय नै नगरेर विद्यालयमा शिक्षक सरुवा गरेको भन्दै आलितालको एक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सहित चार जना सदस्यले पदबाट सामुहिक राजिनामा दिएका छन् ।

glam &
Citizan

डडेल्धुराको आलिताल गाउंपालिका वडा न. ८ मा रहेको जनज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित चार जनाले सामुहिक राजिनामा दिएका हुन् ।
राजिनामा पत्रमा भनिएको छ आफुहरु विद्यालयको विकासको लागी आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहदा स्थानिय सरकारले विद्यालय व्यवस्थापन समितिलाई दवाफमा राख्न खोज्यो,शिक्षक सरुवा तथा व्यवस्थापनमा समितिसंग समन्वय नगरेको र विद्यालयमा नयां शिक्षक आउदा आम भेलामा समेत जानकारी दिन समय नदिई निर्णय गर्न बाध्य पारिएकोले यस्तो अवस्थामा काम गर्न नसक्ने भन्दै राजिनामा दिएको उल्लेख छ ।
भएको के थियो ?
आलिताल गाउंपालिकाको मिति २०८० पौष २९ गते बसेको कार्यपालिकाको बैठकले पालिकाको शिक्षक तथा विद्यालय व्यवस्थापन सम्बन्धि बनेको कार्यविधि अनुसार आलितालका बिभिन्न बिद्यालयको विद्यार्थी संख्याको आधारमा दरबन्दी तलमाथि गर्ने निर्णय गरेको थियो । जस मध्ये किमोडीमा रहेको ब्रमचारी प्राबिका शिक्षक नवराज भट्टलाई वडा न. ८ को समैजी आधाभुत विद्यालयमा सारिएको थियो भने आलिताल प्राबिका शिक्षक यादव बोगटीलाई मैनथलाको आदर्श प्राथमिक विद्यालयमा काज सरुवाको निर्णय गरेको थियो तेस्तै श्री जनज्योति प्राथमिक विद्यालयका शिक्षक गणेश बहादुर खडायतलाई बुडुमको सेलालिंग प्राथमिक विद्यालयमा सारिएको थियो भने समैजी आधाभुत विद्यालयका शिक्षिका बिना बोहरालाई जनज्योति प्राथमिक विद्यालय हम्तडमा पठाउने निर्णय भएको थियो । तेसै बैठकबाट तुङाको असीग्राम प्राथमिक विद्यालयका शिक्षक गोपाल धामीलाई आलिताल प्राबि चनलामा सार्ने निर्णय भएको थियो तर तेसको शिक्षक तथा केहि विद्यालयको व्यापक बिरोध पछि पुनः मिति २०८० मंसिर ११ गते पालिका स्तरिय शिक्षा समितिको बैठकले केहि हेरफेर गर्यो । उक्त बैठकले मैनथला आदर्श प्रबिमा पठाईएको शिक्षक बोगटीलाई जनज्योति आधारभुत विद्यालयमा पठाउने निर्णय गर्यो भने शिक्षक खडायतलाई आलिताल प्रावि चनलाको विद्यालय पठाउने निर्णय गर्यो भने समैजी आधारभुत विद्यालय पठाइएका भट्टलाई पनि चनला आलिताल प्राबिमा काज सरुवाको चिठी ठमाए ।

तेस्तै आलिताल प्राबिमा पठाईएका धामीलाई बुडुमको सेलालिंग प्राथमिक विद्यालयमा पठाईयो । समैजिका शिक्षिका बिना बोहरालाई भने यथा स्थानमै काम गर्न भनियो । तेस्तै सेलामा रहेको समैजेश्वर प्राबिमा विद्यार्थी संख्या कम भएको भन्दै शिक्षक नर बहादुर थापालाई स्यालचौडी माविमा सारियो । आज सम्म बोगटी र खडायत बाहेक सबैले विद्यालयमा हाजिर लगाईसके । तर आलिताल वडा न. ८ मा रहेको श्री जनज्योति आधारभुत विद्यायलले भने काज सरुवा भई आएका यादब बोगटीलाई हाजिर लगाउन दिएका छैनन् ।

lali

उक्त विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष गणेश कामीले शिक्षक सरुवा स्थानिय जनताको चाहाना बिपरित भएकोले स्वीकार गर्न नसकिने बताई रहेका छन् । उनले सामाजिक संजालमा लेख्दै भनेका छन् विद्यालय जस्तो पवित्र स्थानमा राजनिति नगरौं जनता सर्बोपरी हो सरकारले चाह्यो भन्दैमा आम जनताको चाहाना बिपरित कामलाई स्वीकार गर्नु पर्ने भन्ने छैन । बर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयभान बोहराले पनि शिक्षक सरुवा गर्दा आफलाई दवाफ दिएर निर्णय गर्न बाध्य पारेको बताएका छन् ।

यता आलिताल गाउंपालिका अध्यक्ष शेर सिंह पार्कीले भने स्थानिय सरकारले गरेको निर्णय सबैले पालना गर्नुपर्ने बताएका छन् । केहि दिन अगाडी जनज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई पोषाक वितरण गर्न पुगेका पार्कीले नौ बर्ष सम्म विद्यालयको सामाजिक लेखापरिक्षण नगराउने प्राध्यानाध्यापक खडायतलाई कार्बाही नै गर्ने बताएका थिए । उनले कार्यपालिकाबाट पटक पटक निर्णय नै गरेर लेखा परिक्षण गराउन ताकेता गरेता पनि अटेर गरेको बताउदै उनलाई कार्बाही नगरि सम्मान स्वरुप काज सरुवा गरेका छौ । उनले भने कार्बाही नै गर्नु पर्ने गल्तिलाई हामीले माफ दिएका छौं । अहिले हामीले काज सरुवा गरेका छौ वहांको सट्टामा अर्को शिक्षक पठाएका छौ , यता आउने शिक्षकलाई हाजिर लगाउन नदिनु भनेको कानुन अनुसार गलत हो ,स्थानिय सरकारको अवज्ञा गर्नु हो । आफुले सधै विद्यालयको हितको विषयमा बोल्ने गरेको बताउदै एक हप्ता भित्रमा बिद्यालयको सामाजिक लेखा परिक्षण तथा विद्यालयको हिसाव किताव बुझाएर काज सरुवामा जान प्रध्यनाध्यापक खडायतलाई आग्रह गरे ।

तेस्तै वडा न. ८ का अध्यक्ष धन बहादुर देउबाले ९ बर्ष सम्म विद्यालयको लेखा परिक्षण नगरेर प्रध्यानाध्यापक खडायतले विद्यालयको बदनाम गरेको बताए । उनले सामाजिक लेखापरिक्षण नहुदा विद्यालयलाई आवश्यक सहयोग गर्न समेत कठीन भएको बताए ,देउबाले स्थानिय सरकारले गरेको निर्णयलाई अवज्ञा नगर्न समेत आग्रह गरे ,

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.