parwat hotel
Citizan

सबै प्रदेशमा सकियो राष्ट्रियसभा निर्वाचनको मतदान

bhageswar small
alital janahit

काठमाडौं – राष्ट्रियसभाको लागि आज भएको मतदान सातै प्रदेशमा सम्पन्न भएको छ।

बिहीवार ७ वटै प्रदेशमा भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो ।

glam &
Citizan
lali

७ प्रदेशमध्ये बागगमतीबाट सबैभन्दा बढी ४, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ३–३ गरी ९, कोशी, मधेश र कर्णाली प्रत्येकमा २–२ सहित ६ गरी १९ सिटमा लागि मतदान भएको हो ।

केहीमा बाहेक लगभग सबै प्रदेशमा शतप्रतिशत मत खसेको छ । प्रदेससभा सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने निर्वाचनमा गठबन्धनले १९ वटै सिट जित्ने देखिएको छ ।

निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले साझा उम्मेदवार उठाएका थिए ।

प्रतिपक्षी नेकपा एमालेले पनि केही ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको थियो। १९ सिट मध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र लोसपाले १ सिटमा उम्मेदवार उठाएका छन् । आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका एकतिहाइ सदस्यको समय सकिने भएपछि मतदान भएको हो ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.