राष्ट्रिय सभामा पहिलो दल बन्यो माओवादी,एमाले तेस्रो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

आज (बिहीबार) भएको निर्वाचनमा उम्मेदवारी दिएका ६ जनामध्ये ५ निर्वाचित भएपछि माओवादी राष्ट्रिय सभामा पहिलो दल बनेको छ।अब राष्ट्रिय सभामा माओवादीका १७ जना सदस्य हुनेछन्।

अहिले राष्ट्रिय सभामा १० सिटमात्रै रहेको नेपाली कांग्रेस अब १६ सिटसहित दोस्रो भएको छ। यसपालि एमालेलाई भने ठूलो घाटा लागेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

एमालेका १७ जना राष्ट्रिय सभा सदस्य थिए। तीमध्ये ८ जनाको पदावधि यसपटक सकिँदैछ। एमालेले कोशीमा राप्रपासँग बाहेक अन्त कतै तालमेल गर्न पाएन। तालमेल भएको कोशीमा पनि मतभारका कारण एमालेका उम्मेदवार पराजित भए।

Dadeldhura Hospital

एक्लै निर्वाचन लड्दा एमालेले रिक्त रहेका ८ मा ७ सिट गुमाएसँगै एमालेका अब १० जना सांसद छन्। योसँगै प्रतिनिधि सभाको दोस्रो ठूलो दल एमाले राष्ट्रिय सभामा तेस्रो दल बनेको छ।
अरू दलहरूको सांसद संख्यामा भने फेरबदल आएको छैन। नेकपा एकीकृत समाजवादीको यसअघि ८ सिट रहेकोमा अहिले पनि ८ सिट नै हुने भएको छ।

दुई वटा रिक्तसहित अर्को एक सिट पनि थपेर राष्ट्रिय सभामा कम्तीमा एमाले बराबर बन्ने समाजवादीको चाहना थियो। त्यहीअनुरूप उसले सत्ता गठबन्धनमा अन्तिमसम्म बार्गेनिङ पनि गरेको थियो। तर सफल भने हुन सकेन।
जनता समाजवादी पार्टी (जसपा) को यसअघि तीन सिट रहेकोमा यसपालि पनि तीन सिट नै छ। यद्यपी शिक्षा राज्यमन्त्री समेत रहेकी जसपा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीको पदावधि सकिँदैछ र उनको ठाउँमा पूजा चौधरी निर्वाचित भएकी छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चाको राष्ट्रिय सभामा १।१ सिट छ भने राष्ट्रपतिबाट मनोनीत हुने तीनमध्ये एउटा सिट खाली भएको छ।

मनोनीतमा पनि एमालेबाटै मनोनीत भएकी बिमला राई पौड्यालको पदावधि सकिएका कारण एमालेलाई थप क्षति भएको छ।

राष्ट्रिय सभामा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ। राष्ट्रिय सभाका ५९ सदस्यमध्ये हरेक प्रदेशबाट ८।८ जना निर्वाचित हुन्छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.