डडेल्धुराको आलितालमा एक युवा बेहोस अबस्थामा फेला परेको छ । जिल्लाको आलिताल गाउँ पालिका वडा न.८ घुम्ती नजिक रङुन खोलामा जोरायल गाउँ पालिकाका अन्दाजी २८ बर्षिया राजु बि क नाम गरेका युवक बेहोस अवस्थामा फेला परेको आलिताल प्रहरी इन्चार्ज तथा धन सिंह धामीले जानकारी दिए । धामीका अनुसार ती बिक ट्याक्टर चालक हुन । ती युवकले ब्याट्रटीको प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएको हुन सक्ने बताएका छन । बेहोस अबस्थामा फेला परेको युवकलाई अहिले उपचारको लागि जोगबुदा अस्पताल लगिएको समेत बताए ।
