parwat hotel
Citizan

महिलाहरुका लागि प्राभावकारी बन्दै ग्रीनतारा नेपाल

bhageswar small
Chure
lali

रमेश बहादुर सिंह बझाङ।
बझाङ जिल्लाको खष्तडछाना गाउँपालिकामा छाउपडी प्रथा उन्मूलनको कार्यक्रम प्राभावकारी बन्दै गहिरहेको छ।
ग्रिनतारा नेपाल ग्रामीण शिक्षा तथा वातारण विकास केन्द रिड नेपालको सहयोगमा खष्तडछाना गाउँपालिकाको वडा नं ७ गोखाली र धतिवाडामा गरिएको छाउपडी प्रथा उन्मूलनको कार्यक्रम प्रभाबकारी बन्दै गएको हो ।
्उक्त क्षेत्रको महिलाहरुलाई तालिममा सहभागी गराई छाउपडी प्रथा सम्बधित जनचेतना मुलक सन्देश दिएर महिलाहरूलाई दिईएको तालिमले प्रभावित गरेको पाइएको छ। छाउपडी प्रथा नभइ एउटा महिलामा हुने नियमित परिक्रया हो। यसलाई कुनै पनि कुराहरुमा भेदभाव नगरी कार्यान्वयन गर्न स्थानिय महिला र धामि पुजारीलाई बिभिन्न तालीम,गोष्ठी गरेको ग्रिरिनतारा नेपालकी कर्मचारी प्रतिमा बस्यालले जानकारी दिनुभयो।
यस कार्यक्रमबाट आफुलाई निकै प्रभावित बनाएको स्थानीय महिला रत्नारुपा सिहले बताइन। पहिला आफुहरुले परम्परागत रुपमा महिनाबारी हुदा बाहिर बस्दै आएको र सामान्यतया महिनाबारी हुदा कुनै पनि कुराहरुमा जानकारी नभएको उहाँको भनाइ रहेको थियो। उनले महिनाबारी भएकोबेला सरसफाई गर्न र प्याडको प्रयोग बारेमा जानकारी भएको र आफुले पनि गाउँ घरमा लागु गरेको बताइन।
यो कार्यक्रम लागु भएपछि सामान्यतया घर बाहिर बस्न नपरेको र आपनो घरमा भएको महिलालाई पनि घरमा बस्न जानकारी दिएको धामी बिरमल चौहानले बताए। आफु १६ बर्ष धामी भएको र अहिले यो कार्यक्रमले छाउपडी प्रथाको विषयमा जानकारी पश्चात घरपरिवारलाई घर भित्र बस्ने बातावरण गराएको बताए। आफुलाई पनि कुनै कुरा को अठ्यारौ नभएको धामी बिरमलले सुनाए । यस पालिका भित्र ग्रिनतारा नेपाल ग्रामीण शिक्षा तथा वातारण केन्द्र रेड नेपाल र गरिमा परियोजना लागु भएपछि छाउपडी प्रथा र भेदभाव रहित समाजको सृजना गर्ने ठुलो सहयोग पुगेको देखिन्छ । पुरानो परम्परालाई अन्त्य गर्दै नयाँ सोच बिचारमा महिलाहरुको क्षेमता अभिवृद्धि भएको पाइएको छ।यस परियोजना बाट शैक्षिक क्षेत्रमा पनि सुधार आएको छ। कक्षा ८ मा पढने पुजा सिंह को भनाइ अनुसार आफ्नो घरमा आमा दिदी महिनाबारी भएको बेला घर भन्दा धेरै टाढा बस्ने गरेको बताउँदै आफु बालक्लवको अध्यक्ष भएर ग्रीन तारा नेपालको कार्यक्रममा सहभागी भएपछि भेदभाव र छाउपडी प्रथाको बारेमा बुझ्ने मौका मिलेको बताइन्।त्यस कार्यक्रममा आफुले सिकेका कुराहरुलाई सबै भन्दा पहिले आपनो घरपरिवारमा आफुवाट लागु गरेर अहिले दिदी आमा आन्टी सबैलाई घरभित्र बस्ने बातावरण गरेको सिंहले जानकारी दिइन्। यो कार्यक्रम ले समाजमा भएको परम्परागत लाई अन्त्य गर्ने र महिलाहरुमा हुने असर न्युनिकरणका गर्ने ठुलो मद्दत गरेको स्थानिय जानकार बताउछन्।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.