parwat hotel
Citizan

सरकारको गतिमा परिवर्तन ल्याउन वामपन्थी शक्तिबीच सहकार्य भयो:प्रधानमन्त्री

bhageswar small
Chure

४ चैत,। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको बताएका छन् ।
आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता(कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कांग्रेसबाट सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमानदार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।’

lali

नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको उनले दाबी गरे ।

glam &
Citizan

‘कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ देशका राजनीति सही बाटोमा आएको छ,’ उनले भने ।

गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादीले लिने सम्भावना पनि रहेको उनको भनाइ छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.