नेपाल र वेस्ट इन्डिज ‘ए’को टी-२० सिरिज आजदेखि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैशाख १५, नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि पाँच खेलको सिरिज सुरु हुँदैछ। टी–२० सिरिजको पहिलो खेल आज दिउँसो १२ बजेर १५ मिनेटमा सुरु हुनेछ। वेस्ट इन्डिज ‘ए’ संग हुने पाँचै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।

नेपालको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्ने वेस्ट इन्डिज ‘ए’ टिममा अनुभवी खेलाडी समेटिएका छन्। वेस्ट इन्डिजले नेपालसँगको प्रतिस्पर्धाका लागि ३२ वर्षीय रोस्टन चेसको कप्तानीमा टिम नेपाल पठाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कप्तान चेस वेस्ट इन्डिजका अनुभवी खेलाडी हुन्। उनले अहिलेसम्म ४९ टेस्ट खेलिसकेका छन्। ४५ एक दिवसीय खेल खेलेका उनले ११ वटा टी–२० प्रतिस्पर्धामा सहभागिता जनाएका छन्। नेपाल भ्रमणमा कप्तान चेस सबैभन्दा अनुभवी खेलाडी हुन्। उपकप्तान एलिक एथानाजेसमेत अनुभवी खेलाडी हुन्। उनले ४ टेस्ट र १० एकदिवसीय खेल खेलेका छन्। टोलीमा सन् २०१६ को विश्वकप खेलेका जोनसन चार्ल्ससमेत छन्।

Dadeldhura Hospital

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीमा कप्तान चेससहित एलिक एथानाजे ९उपकप्तान०, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, फबिएन एलेन, कदीम एलियन, जोसुवा विशोप, केसी कार्टी, मार्क दयाल, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स सहभागी छन्।

नेपाल आएका वेस्ट इन्डिजका खेलाडीमा जोनसन शीर्षक्रमका ब्याट्सम्यान हुन्। ओबेद, किमो, ओसान तीव्र गतिका बलर हुन् भने कप्तान चेस अलराउण्डर हुन्। वेस्ट इन्डिज ‘ए’ टिममा आईपिएल खेल्न नगएका र राष्ट्रिय टिमबाट निरन्तर खेलिरहेका अधिकांश खेलाडी समेटिएका छन्।

आईसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपालले घरेलु मैदानमा दुई पटक विश्वकप जितिसकेको वेस्ट इन्डिज प्रतिस्पर्धा गर्न लागेको हो। क्रिकेट इतिहासमै वेस्ट इन्डिजले पहिलो पटक नेपाल भ्रमण गरेको हो।

नेपाली टिममा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी, लोकेश बम र आकास चन्द छन्।

कीर्तिपुरमा नेपालले वेस्ट इन्डिजसँग पाँच खेलको सिरिज खेल्नेछ। दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार हुनेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.