कञ्चनपुरमा दुई घरमा आगलागी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुरः कञ्चनपुरमा दुई घरमा आगलागी भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–५ का बाहाली रानाको चार कोठे पक्की घरमा फ्रिजको स्टिपलाइजरमा शुक्रवार दिउँसो विद्युत सट भइ आगलागी भएको हो।

Dadeldhura Hospital

आगलागीबाट कोठामा राखिएका फ्रिज, काठको दराज, पलङ, टेबुल फ्यान, सिलिङ फ्यान, लत्ताकपडा लगायतका सामान गरि अन्दाजी दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको हो। यसैगरी, शुक्लाफाटा नगरपालिका–७ का नरेस ठगुन्नाको एकतले काठले बनेको कच्ची बाख्राको गोठमा शुक्रवार अचानक आगलागी भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आगलागीबाट गोठभित्र रहेका २ वटा बाख्रा जलरे मरेका छन् भने एउटा बाख्रा जलेर घाईते भएको हो। उक्त आगलगीबाट गोठ र गोठ भित्र रहेका काठ लगायतका सामानहरु गरि अन्दाजी एक लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै थप अनुसन्धान भइरहेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.