दोस्रो टी-२० : वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैशाख १६– नेपालसँगको ५ खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा आइतबारको खेलमा टस हारेर जवाफी ब्याटिङ उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५० रनको योगफल बनाउँदै हार व्यहोरेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिदा नेपालले हार बेहोरेको थियो ।

Dadeldhura Hospital

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २/२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

वेस्ट इन्डिज ए को यो जित पछि ५ खेलको सिरिज १/१ ले बराबरी भएको छ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.