parwat hotel
Citizan

सिंहले सकेनन् बुवाको विरासत जोगाउन,एमालेका भण्डारीसंग २६६ मतले पराजित

bhageswar small
Chure

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले बुवाको विरासत जोगाउन सकेनन् ।
सिंहलाई २६६ मतले पराजित गर्दै एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । बझाङ १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य २०८० असार ५ गते सवारी दुर्घटनामा ज्यान गएको थियो ।

lali

उनको निधनपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले उनकै छोरा अभिषेकलाई टिकट दिएको थियो ।
विजयी भएका भण्डारीले ११ हजार ६१२ मत ल्याउन सफल भएका छन्। उनीसँग पराजित कांग्रेका सिंहले ११ हजार ३४६ मत ल्याउन सफल भए । नेकपा माओवादी केन्द्रका जनक बुढाको पक्षमा ३८ सय ३१ मत झरेको छ । उता नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १४ मत ल्याए । निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।
तर प्रतिस्पर्धात्मक चुनावमा अभिषेकले बुवाको विरासत जोगाउन सकेनन् । बझाङमा सबै दल एक्ला एक्लै चुनावी मैदानमा थिए ।

glam &
Citizan

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका र स्वतन्त्र उम्मेवार उठेका थिएनन् । शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ मत झरेको थियो । यहाँ ११ दलका उम्मेदवार एक्ला एक्लै मैदानमा थिए ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट पृथ्वीबहादुर सिंह १७ हजार १ सय १२ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.