कैलालीमा एम्बुलेन्स दुर्घटना, एक किशोरीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना भएको छ। लम्की चुहा नगरपालिकाको धोबेनी खोला नजिक भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएको यूके ०४ पीए १९०५ नम्बरको भारतीय एम्बुलेन्स आज मंगलबार बिहान दुर्घटना भएको हो।

Dadeldhura Hospital

मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया किशोरी अञ्जली परियार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनी भारतको हल्द्वानीबाट उपचार गरी घर फर्किरहेकी थिइन्। एम्बुलेन्समा चालकसहित ६ जना सवार रहेका थिए। उनीहरू सकुशल रहेका छन्। एम्बुलेन्स र चालक प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.