प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। आफ्नो दल विभाजन भएपछि जसपाले ३१ वैशाखमा सरकार छाडेको थियो। उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइ सकेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट संघीय संसद सचिवालयमा प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन पत्र आएको सभामुख घिमिरेका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले चौथोपटक विश्वासको मत लिने तयारी गरेका हुन्। यस विषयमा प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग पनि छलफल गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त गर्न गर्न १३८ सांसदको समर्थन चाहिन्छ। वर्तमान सत्ता समीकरण हेर्दा यसपटक पनि उनले सजिलै विश्वासको मत पाउने देखिन्छ। वर्तमा सत्ता गठबन्धमा १५० भन्दा धेरै सांसद हुने अनुमान गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.