बझाङको झोतामा ५ दिने योग शिविर सम्पन्न

sc mahendra

रमेश बहादुर सिंह बझाङ।
बझाङको झोतामा जारी पालिका स्तरीय बृहत योग शिविर सम्पन्न भएको छ ।

जेष्ठ १३ गतेबाट सुरु भएको पाँच दिने योग शिविर बिहिबार विहान सम्पन्न भएको हो । योगा अभ्यासमा सहभागिहरुका बीच शिविर औपचारिक समापन गरिएको घोषणा जिल्ला आयुर्वेद स्वास्थ्य कार्याल बझाङका प्रमुख मिन राज पुरी गरेका हुन् ।

शिविर जिल्ला आयुर्वेद स्वास्थ्य कार्याल बझाङ र पतंञ्जली योग समिति बझाङको सयुक्त आयोजनामा सञ्चालन भएको थियो । दैनिक १ सय जना बढीले शिविरमा विहान योग अभ्यास र सकारात्मक सोच विकासको प्रशिक्षण लिएका थिए ।पाच व्यापी सञ्चालन भएको शिविरको पतञ्जती योग समिति बझाङका अध्यक्ष महोन मल्लले सहजिकरण गरेका थिए । शिविरमा सहज व्यापम, सूर्य नमस्कार, परम्परागत व्यायाम, प्राणयाम ध्यान बारे जानकारी गराईएको थियो ।चञ्चल मनलाई नियन्त्रण गरि सम्पूर्ण बन्धनबाट मुक्त गराउने अभ्यास योग भएकोले व्यक्ति व्यक्तिमा योगाको महत्व बारे जानकारी दिन शिविर प्रभावकारी रहेको अध्यक्ष महोन बहादुर मल्लले बताए ।  बृहत पालिका स्तरीय योग शिविर केदारस्युउ गाउँपालिकामा पहिलो पटक सञ्चालन गरिएको हो । यस अघि देउरा लगाएतका ठाउहरुमा शिविर सञ्चालन गरिए पनि त्यसमा निश्चित व्यक्ति मात्र सहभागि रहेका थिए ।
शारिरीक अभ्यास विना नै शारिरीक अवस्था सन्तुलित र स्वस्थकर राख्ने कलाको प्रयोग जीवनका लागि निकै लाभदायी र उपयोगी भएको प्रतिक्रिया योगा अभ्यासमा सहभागिहरुको रहेको छ । योग जुन अवस्थामा पनि गर्न मिल्ने र जुनसुकै स्थानमा पनि गर्न सजिलो व्यायम हो भन्ने बारे जानकारी पाउँदा धेरै सिक्ने अवसर मिलेको व्याममा सहभागि दिपक बोहराले बताए ।शिविरमा सहभागि मध्येबाट एक दर्जन बढी सदरमुकाम चैनपुर मा आयोजना हुने जिल्ला स्तरिय योग शिविरमा सहभागि हुनेछन् छन् । यस्तै जयपृथ्वी नगरपालिका प्रत्येक सामुदायिक विद्यालयमा योग शिविर सन्चालन भहिरहेको छ । यसैबीच पालिका स्तरीय दिपक बोहराको संयोजकत्वमा आज नै कार्यसमिति गठन पनि गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य कार्याल बझाङ का प्रमुख मिन राज पुरी ले बताएका छन्

You might also like
Leave A Reply

Your email address will not be published.