रोएको छ आलिताल “गजल”

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

विकासको नाममा विनाश मन पराउँदा रोएको छ आलिताल !
झुटको आस्वाशनमा रमाउदा रोएको छ आलिताल !!

पक्की पुलको नक्सा मात्रै पास हुन्छ तिम्रो त्यो बालुवाटारमा !
यता काठेपुल भाँचिएर मान्छे कैयौं हराउँदा रोएको छ आलिताल !!

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

शिक्षा, स्वास्थ माथि सधैं राजनीतिक हुन्छ चलखेल
उत्पीडनको भुमरीमा बर बराउँदा रोएको छ आलिताल !!

कृषि उत्पादनमा अब्बल भयो बजारमा दाउपेच सुरु !
रङ्गुनखोलाले मान्छे बगाउँदा रोएको छ आलिताल !!

दुर्गमको नाममा आएका अवसरको कैयौं बाटो खुल्दा !
ब्रमलुटले आफ्नो भकारी भराउँदा रोएको छ आलिताल !!
कृष्ण देउबा
आलिताल डडेलधुरा

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.