टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

कैलाली : कैलालीको टिकापुरमा रहेको टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ। अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो।
सेवा सञ्चालनका लागि अस्पतालले रु ४० लाख खर्च भएको अस्पतालका चिकित्सक डा. सन्देश पण्डितले बताए। एक विशेषज्ञ चिकित्सक, चार नर्सिङ स्टाफ र दुईजना सहयोगीलाई सेवा सञ्चालनका लागि तालिम दिइएको छ। फूल फेजमा चलेपछि दैनिक चारजनालाई सहज रूपमा सेवा दिन सकिन्छु, पण्डितले भने, फूलफेजमा सञ्चालन हुन केही समय लाग्छ  ।

अस्पतालमा डाइलिसिस सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीले राहत पाएका छन्। यहाँका बिरामी धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ। कतिपय नेपालगञ्ज र धनगढी जानुपर्ने अवस्था भएकै कारण काठमाडौँ बसेर डाइलिसिस गराउने गरेका छन्।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.