सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिंदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (शुक्रवार) विश्वासको मत लिने भएका छन्।

Dadeldhura Hospital

असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने भएका हुन्। यसका लागि बुधबार उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउदै शुक्रवार विश्वासको मत लिने जानकारी गराएका छन्। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले आज  ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरुलाई सूचना पठाइसकेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शुक्रवार ४ बजे विश्वासको मतका लागि संसद बैठक बस्ने सूचना भइसकेको सभामुख भण्डारीले बताए। असार २० गते नेकपा एमालेले सोडारी सरकारको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए। उनले विश्वासको मत लिने अन्तिम दिन आज विश्वासको मत लिन लागेका हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.