parwat hotel
Citizan

अध्यक्ष पार्कीको पहिलो प्रथमिकतामा स्वास्थ्य:एक वडा एक एम्बुलेन्स, त्यो पनि निशुल्क

bhageswar small
Chure

आलिताल गाउँ पालिका नव निर्वाचित अध्यक्ष शेर सिं पार्कीले आफ्नो कार्यकालको पहिलो प्रथमिकता स्वास्थ्य हुने बताएका छन । दियालो खबर संग कुरा गर्दै अध्यक्ष पार्कीले य्स्तो बताएका हुन। उनले भनेका छन स्वास्थ्य महत्व पुर्ण क्षेत्र भएकोले यसलाइ  पहिलो प्राथमिकतामा राखेर काम गरिन्छ । जनताको स्वास्थ्यलाई मध्यनजर गरेर आलितालमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने उनले बताए।

धनगढीका अस्पतालले दिने सेवा सरहको हस्पिटल आलितालमा निर्माण गरिने उनको दाबी छ। अहिले १५ सयको औषधि ल्याउन धनगढी गएर २० हजार खर्च गर्नुपर्ने यहाँका नागरिकको बाध्यतालाई अन्त्य गर्ने उनको योजना छ।

glam &
Citizan
lali

‘हामी पहिले यहाँ अस्पताल बनाउनेछौँ। यहाँका जनता बिरामी हुँदा धनगढी जानुपर्ने बाध्यतालाई त्यसको अन्त्य गर्छौं,’ उनले भने, ‘अब हामी प्रत्येक वडामा एक एम्बुलेन्स तयारी अवस्थामा राख्छौँ। जबसम्म हाम्रो पालिकामा सुविधासम्पन्न अस्पताल बन्दैन।’

उनले एम्बुलेन्सको जनता भाडा तिर्नुनपर्ने र तेल पनि हाल्नुनपर्ने बताए। त्यसको सबै व्यवस्थापन पालिका सरकारले गर्ने उनको भनाइ छ। यहाँका बिरामीलाई धनगढीसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइने अध्यक्ष पार्कीको दाबी छ।

उनले आलितालमा जननीति लागू गर्दै चुनावका बेला गरेका ३९ बुँदे प्रतिबद्धता पाँचवर्षे कार्यकालमा पूरा गरिसक्ने बताए। उनले गरिब जनता र यहाँका किसानका समस्यालाई प्राथमिकतामा राख्दै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

आलितालका जनताले परिवर्तनको महसुस गर्दै आफूलाई जिताएको उल्लेख गर्दै अध्यक्ष पार्कीले जनताको विश्वास टुट्न नदिने बताए। जनताका न्यूनमत् कार्यक्रमहरूलाई पूरा गर्ने अठोट् उनको छ। गाउँपालिका अध्यक्ष पार्कीले शुक्रबारदेखि पदभार सम्हालेका छन्।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.