खोप लगाएका बालकको मृत्युपछि बैतडीमा तनाव

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : बैतडीमा खोप लगाएको बालकको मृत्यु भएपनि अभिभावक आन्दोलित भएका छन। बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग राख्दै अभिभावक आन्दोलित भएका हुन्।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय, बैतडीले डिलासैनी गाउँपालिका– २ छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएका बताएको छ्। बालकलाई बुधबार दिउँसो डिलासैनी गाउँपालिका–३ को सिमार बर्थिङ सेन्टरमा पोलियो रोगविद्धको ओपिभी, झाडापखाला विरुद्धको रेटा, निमोनियाविरुद्धको पिसिभी र भ्यागुते रोगविरुद्धको पेन्टा औषधी खोपमार्फत र मुखबाट खुवाइएको थियो। दिउँसो १२ बजे खोप लगाएर ३ बजे घर फर्किदा बालकलाई ज्वरो आएको थियो। राति ¥याल र फिँज निकाल्न थालेपछि गोकुलेश्वर अस्पताल लैजादै त्यहाँ उपचार हुन नसकेपछि त्यहा उपचार नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बालकको बुधबार राति बाटोमै मृत्यु भएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बर्थिङ सेन्टरमा बालकलाई पोलियो रोगविरुद्धको ओपिभी, पिसिभीको पहिलो डोज र डिपिटी दोस्रो डोज खोप लगाइएको थियो। त्यसैगरी ओपिभी र रोटा डोज खुवाइएको थियो। घटनापछि निष्पक्ष छानबीन र क्षतिपूर्तिको माग राखी अभिभावक र स्थानीयले दार्चुला–बैतडी–गोकुलेश्वर सडक अवरुद्ध गरेका छन्। बर्थिङ सेन्टरमा दुई जना बालकलाई सोही प्रकृतिको खोप लगाएकाले अर्का बालकलाई केही नभएकाले खोपकै कारण मृत्यु भएको भन्न नसकिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.