बझाङमा ढुंगा खस्दा एक महिलाको मृत्यु, दुई नाबालक छोराछोरी विचल्लीमा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङ: बझाङ जिल्लाको थलारा गाउँपालिका–३, देबलमाझमा ढुंगा खस्दा एक महिलाको मृत्यु भएको छ।

अन्दाजी २४ वर्षीया राधिका जोशी उपाध्यायको सोमबार घर पोत्ने माटो खन्ने क्रममा ढुंगा खसेर घटनास्थलमै मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

राधिकाका दुई नाबालक छोराछोरी रहेका छन्।

४० दिनकी एक नवजात छोरी र ढाई वर्षका छोरा आमा गुमाएपछि विचल्लीमा परेका छन्। मृतकको घरको अवस्था दयनीय रहेको र परिवारलाई ठूलो कठिनाइ परेको वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए।

घटनापछि गाउँलेहरूले परिवारलाई सहयोगको प्रयास गरिरहेका छन्। यस प्रकारका घटनाबाट जनतालाई सचेत गराउन र जोखिमपूर्ण काममा सावधानी अपनाउन गाउँपालिकाले जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले माग गरेका छन्। सम्बन्धित निकायले तत्काल राहत र सहयोगको व्यवस्था गर्नुपर्ने आवाज उठिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.