लागुऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

sc mahendra

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।

दार्चुलाको महाकाली नगरपालिका–४ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा ४२ वर्षीया शान्ति ऐरले संञ्चालन गरेको रोल्पाली सुकुटी सेन्टर होटलबाट २ दशमलव ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित ऐर पक्राउ परेकी हुन्।

ऐरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, वडा प्रहरी कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै बेलौरी नगरपालिका–७ कालोपुलबाट कैलालीको गोदाबरी नगरपालिका–८ स्याउले बस्ने २५ वर्षीय अम्मर नेपाली पक्राउ परेका छन्।

नेपालीलाई ३ दशमलव ३५ ग्राम लागूऔषध खैरो हेरोइन र १ दशमलव ३२ ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.