कृष्णपुर नगरपालिकामा निःशुल्क शव चिस्यान सेवा सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले नागरिकलाई सहयोग पुर्‍याउन निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ।

नगरपालिकाले तीन लाख चार हजार रुपैयाँ लागतमा ठेक्का प्रक्रियामार्फत शव चिस्यान यन्त्र खरिद गरी सेवा उपलब्ध गराएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

नगरप्रमुख हेमराज ओझाका अनुसार, नगर क्षेत्रका विदेश वा देशका अन्यत्र क्षेत्रमा मृत्यु भएका व्यक्तिका शवलाई घर फर्कँदासम्म चार–पाँच दिनसम्म सुरक्षित रूपमा राख्न यो सुविधा प्रदान गरिएको छ।

नगरपालिकाले यन्त्रको माग भएका क्षेत्रमा यो सेवा निःशुल्क रूपमा उपलब्ध गराउने बताएको छ। यो सेवा विशेषगरी शव व्यवस्थापनमा कठिनाइ भोग्नुपरेका नागरिकका लागि ठूलो राहत हुने अपेक्षा गरिएको छ।

शव चिस्यान यन्त्रको व्यवस्थाले नगरवासीका लागि सेवा थप व्यवस्थित र जनमुखी बनाउने प्रयासलाई गति दिएको नगरपालिकाको भनाइ छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.