बैतडीमा जिप दुर्घटना अपडेट : २ जनाको मृत्यु, ४ घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी: बैतडी जिल्लाको सिगास गाउँपालिका–१ माँडौमा शनिवार बिहान जिप दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खस्दा सिगास गाउँपालिका–१ इरानाका १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Dadeldhura Hospital

दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी घाइते भएका छन्। गम्भीर घाइते उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना बिहान ४ बजे जिप अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.