कञ्चनपुरमा अपरिचित पुरुषको शव फेला

sc mahendra

धनगढी  : कञ्चनपुरमा एक अपरिचित पुरुषको शव फेला परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दैजीदेखि बेलडाडी जाने महाकाली सिँचाइ नहरमा शव फेला परेको हो।

कञ्चनपुर प्रहरीले पाँच दशमलव ६ इन्चको पुरुषको शव आइतवार फेला परेको बताएको छ। उनको परिचय खुलेको छैन। उनले सुनौलो रङको घडी लगाएका छन्। कालो पाइन, खैरा स्विटर र कालो जुत्ता लगाएका छन्। उनको शव महाकाली प्रादेशिक अस्पतालमा छ।

उनको परिवार तथा चिनेका व्यक्तिलाई प्रहरीमा खबर गर्न भनिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.