अछाममा बाघको आक्रमणले ७ बाख्रा मारियो, १ लाख रुपैयाँको क्षति

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडामा बाघको आक्रमणले ७ वटा बाख्रा मरेका छन्। कुशे भाटले पालेका ती बाख्रा आइतवार राति खोरभित्रै बाघको आक्रमणबाट मारिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Dadeldhura Hospital

स्थानीय जातका बाख्रा पालेर जीविकोपार्जन गर्दै आएका भाटको झन्डै १ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। बाख्रापालन व्यवसायबाट आफ्नो परिवारको जीविका चलाउँदै आएका भाटका लागि यो क्षति ठूलो भएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँमा बाघको बिगबिगी बढ्दै गएको स्थानीयले गुनासो गरेका छन्। बाघको आक्रमणले पशुपालन व्यवसाय जोखिममा परेका कारण किसानहरूले सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।

अछाममा जंगली जनावरका आक्रमणका घटना बारम्बार भइरहेकाले वन विभाग र स्थानीय प्रशासनले समस्या समाधानका लागि तत्काल पहल गर्नुपर्ने स्थानीयको माग छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.