कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला

sc mahendra

कञ्चनपुरः कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र किसान मध्यवर्ती सामुदायिक वनको खरको झारमा पाटेबाघ जलेको अवस्थामा फेला परेको हो।

बेलडाँडी गाउँपालिका–५ गौशालाको उत्तरतर्फको खरमा आगलागी हुँदा बाघको मृत्यु भएको आशँका गरिएको छ। घटनास्थलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेको छ। बाघको मृत्यु र आगलागीको कारणबारे अनुसन्धान अगाडि बढाइएको बताइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.