डडेल्धुरामा ट्र्याक्टर दुर्घटना, चालक गम्भीर घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा  – डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका–२ मा आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।

Dadeldhura Hospital

से १ त ९७५१ नम्बरको ट्र्याक्टर ढुंगा बोकेर जाँदै गर्दा वडा नं. २ कै काँडे भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परि सोही ठाउँका करिब ४४/४५ वर्षीय ट्र्याक्टर चालक लक्ष्मीकान्त बडायर गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटनापछि उनलाई उपचारका लागि जिल्ला अस्पताल डडेलधुरा लगिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, कच्ची ओरालो सडक तथा ट्र्याक्टरमा बढी भार भएको कारण दुर्घटना भएको अनुमान गरिएको छ।

स्थानीय प्रशासनले घटनाको विस्तृत छानबिन गरिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.