डोटीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डोटीः डोटीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ।

जिल्लाको बडिकेदार गाउँपालिका–१ बिपिनगर स्थित केदार सूर्य बहुमुखी क्याम्पसको प्राङ्गणमा जिल्ला खेलकुद समिति डोटीको आयोजनामा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता शनिवारदेखि सुरु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, विशिष्ट अतिथि प्रदेश सभा सदस्य चक्र बहादुर मल्ल जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह रहेका थिए।

त्यसैगरि अतिथि बडिकेदार गाउँपालिका अध्यक्ष भैरव साउँद तथा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी खेलाडी लगायतको सहभागिता रहेको थियो। कार्यक्रम यही फागुन १९ गते सम्म सञ्चालन हुनेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.