प्रतिनिधिसभा बैठक आज बस्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबल गर्ने कार्यसूची रहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभाबाट पारित ‘आमसञ्चार परिषद विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन’ माथि छलफल गरियोस् र अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ।

त्यसैगरी, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.