अछाममा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, एक घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अछामः अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

Dadeldhura Hospital

मंगलसैन नगरपालिका–५ स्थित खाध्या मोड नजिकै मध्य पहाडी लोकमार्गमा ठुलासेनबाट मंगलसैनतर्फ गइरहेको से ७ प १४६९ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक मंगलसैन नगरपालिका–१ कुन्ति बस्ने २० वर्षीय जीवन थापाको मृत्यु भएको हो।दुर्घटना हुँदा थापा घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल मंगलसैनमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने १७ वर्षीय चेतन थापा घाइते भएका छन्। चेतनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ।

मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल तल्लो मोडमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.