new year2082 desk
Citizan

काठमाडौं महानगरपालिकाले तोक्यो पूर्वराजालाई जरिवाना

bhageswar small
alital janahit

काठमाडौं ः महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेकोमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।

glam &
Citizan

राजावादी प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न पटक(पटक प्रयास गरेका थिए। पछि प्रसाईंले प्रहरीलाई पेलेर गाडी चलाउँदै प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गरेका थिए।

प्रसाईंसँगै प्रदर्शनकारीहरूले पनि प्रहरी घेरा तोडेपछि तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि प्रदर्शनकारीहरूले निजी घरमा तोडफोड र आगजनी गरेका थिए।

आगो निभाउन गएको काठमाडौं महानगरको दमकललाई पनि ढुंगा प्रहार गरेका थिए।

प्रदर्शनकारीहरूले महानगरका विभिन्न संरचना, दमकल, अग्नि नियन्त्रकहरूमाथि प्रहार गरेकोमा महानगरले पूर्वराजा शाहलाई जरिवाना लगाउने निर्णय गरेको हो।

शनिबार काठमाडौं महानगरपालिकाको टोलीले तीनकुने(कोटेश्वर(जडिबुटी क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेको थियो। उक्त विवरण संकलन गरी लाग्‍ने खर्च र सरसफाइको शुल्क पनि पूर्वराजा शाहबाटै असुल गराउने निर्णय भएको हो।

lali

ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका ८ जना नगर प्रहरीले ८ वटा बेग्लाबेल्लै पत्र काटेका हुन्।

तीनकुने क्षेत्रमा शुक्रबार दुई जनाको मृत्यु भएको थियो।

प्रदर्शनकारीहरूले पार्टी कार्यालय, निजी घर, सुपरमार्केट, सञ्चार गृह, जडिबटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी गरेका थिए।

प्रसाईंले आह्वान गरेको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ुराजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिु, राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएका थिए।

शुक्रबारको घटनापछि प्रसाईं फरार छन्। प्रदर्शनमा पुगेका ुराजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिु का सदस्य सचिव राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो।

फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थलदेखि स्वागत र प्रदर्शनका क्रममा फोहोर र महानगरका संरचनामा क्षति पुर्‍याएकोमा राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। सांसद ज्ञानेन्द्र शाहीले महानगरमा पुगेर जरिवाना तिरेका थिए।

त्यसअघि महानगरले दरबारमार्गमा कार्यक्रम गरेको नेकपा (एमाले) लाई पनि एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.