आज संसद बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ।

Dadeldhura Hospital

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले राजावादीहरूको गत शुक्रबार भएको हिंसात्मक आन्दोलन, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे उठेका प्रश्नहरू तथा अन्य समसामयिक विषयमा धारणा व्यक्त गर्ने जनाइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

एक सातादेखि प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूको अवरोधका कारण संसद बैठक प्रभावित हुँदै आएको छ।

आजको बैठकमा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक–२०८०’ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गर्ने कार्यसूची रहेको छ। साथै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने कार्यक्रम रहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.