new year2082 desk
Citizan

आज संसद बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

bhageswar small
alital janahit

काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ।

lali

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले राजावादीहरूको गत शुक्रबार भएको हिंसात्मक आन्दोलन, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे उठेका प्रश्नहरू तथा अन्य समसामयिक विषयमा धारणा व्यक्त गर्ने जनाइएको छ।

glam &
Citizan

एक सातादेखि प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूको अवरोधका कारण संसद बैठक प्रभावित हुँदै आएको छ।

आजको बैठकमा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक–२०८०’ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गर्ने कार्यसूची रहेको छ। साथै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने कार्यक्रम रहेको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.